Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

भारतद्वारा अकस्मात रक्सौल–वीरगन्ज नाका सिल, नेपालीलाई सास्ती

भारतद्वारा अकस्मात रक्सौल–वीरगन्ज नाका सिल, नेपालीलाई सास्ती

  • बिहिवार, मंसिर २९ २०७९

  • 782
    SHARES

  • भारतद्वारा अकस्मात रक्सौल–वीरगन्ज नाका सिल, नेपालीलाई सास्ती

    काठमाडौं ।भारतले रक्सौल–वीरगन्ज नाका अचानक सिल गरेको छ । भारतको बिहारमा हुन गइरहेको नगरपरिषद अर्थात स्थानिय तहको निर्वाचनका लागि आज अचानक नाका सिल गरेपछि सिमा क्षेत्रमा नेपालीलाई समस्या भएको छ ।

    बिहारको रक्सौल नगरपालिकामा आगामी पुस ३ गते डिसेम्बर १८ तारिकमा नगरपरिषद् निर्वाचन हुन लागेको भन्दै भारतीय प्रशासनले अचानक आज दिउँसोदेखि नाका सिल गरेको हो ।

    सिमावर्ती नेपाली प्रशासनसँग पूर्वसमन्वय नै नगरी भारतले मितेरी पुलमा नाका सिल गरेपछि वीरगन्ज–रक्सौल आउजाउ गर्ने नेपाली मारमा परेका हुन् ।

    पर्साका निमित्त प्रमुख जिल्ला अधिकारी महेश तिमल्सिनाले नाका सिलबारे भारतीय प्रशासनले आफूहरुसँग कुनै पूर्वछलफल र समन्वय नगरेको बताउनुभएको छ । नाका ७२ घण्टाका लागि सिल गरिएको छ।


    बिहिवार, मंसिर २९ २०७९०४:२६:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij