Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

करारका एयर होस्टेज आन्दोलनमा (विज्ञप्तिसहित)

करारका एयर होस्टेज आन्दोलनमा (विज्ञप्तिसहित)

  • बिहिवार, मंसिर २९ २०७९

  • 533
    SHARES

  • करारका एयर होस्टेज आन्दोलनमा (विज्ञप्तिसहित)

    प्रतिकात्मक तस्बिर

    काठमाडौं । करार सेवामा कार्यरत नेपाल वायुसेवा निगमका १ सय बढी एयर होस्टेज (क्याविन क्रु) आन्दोलनमा उत्रिएका छन् ।

    म्याद सकिनेबित्तिकै करार अवधि थप गर्न र जागिरको सुनिश्चितताको माग गर्दै निगमको केन्द्रीय कार्यालय सुन्धारामा उनीहरूले धर्ना दिएका हुन् । करार सेवामा रहेका कर्मचारीहरूको करार थप गर्ने समय पुग्दा पनि अवधि थप गर्न ढिलाई गरेको, करार नथप्ने प्रपञ्च गरेको भन्दै बिहिबारदेखि उनीहरूले निगमको कार्यालयमा धर्ना दिँदै कामकाजमा गएका छैनन् ।

    निगममा करारमा रहेका झन्डै १२० जना क्याविन क्रु धर्नामा रहेका छन् । निगमले १५ वर्ष करारमा सेवा गरेका आरती महर्जन र स्मिता गुभाजुको करार अवधि थप नगरेको भन्दै नेपाल वायुसेवा क्याविन क्रु संघले एक विज्ञप्ति जारी गर्दै करारनामा नभएका कर्मचारीको करार थप गर्न माग गरेको छ ।

    मासिक १०० घण्टाभन्दा बढी उडान गर्न नपाउने व्यवस्था रहेपनि सोभन्दा बढी दिनरात उडान गराएकाले क्याविन क्रुमा सञ्चित थकान रहेकोले उडान कार्यमा सहभागी हुन नसक्ने जनाइएको छ ।

    क्याविन क्रु आरती महर्जनले करार नवीकरणको समय आएपनि निगमको व्यवस्थापन पक्षले चलखेल गरेर आफ्नो मान्छे भर्ती गर्न वर्षौदेखि काम गर्दै आएका क्याविन क्रु को नवीकरण रोक्न चलखेल गरेको बताउनुभयो । नवीकरण रोक्न खोजेका कारण मानसिक तनावमा रहेका क्याविन क्रु का कर्मचारी मानसिक रुपमा बिरामी रहेकोले हवाई उडान तथा कार्यकालको काम गर्न नसक्ने अवस्थामा रहेको उल्लेख गर्नुभयो ।

    करारका क्याबिन क्रुले आफ्नो कामकाज ठप्प पारेपछि दश–बाह्र जना स्थायी क्याविन क्रुको सहयोगमा विमान उडाउने काम भइरहेको छ ।

    nepal-ailines_xqRmIzQzDS.jpg


    बिहिवार, मंसिर २९ २०७९०२:१६:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij