Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

नयाँ सिजनको पहिलो खेलमा पीएसजी पराजित

नयाँ सिजनको पहिलो खेलमा पीएसजी पराजित

  • शुक्रवार, भाद्र २६ २०७७

  • 1.2K
    SHARES

  • नयाँ सिजनको पहिलो खेलमा पीएसजी पराजित

    एजेन्सी। फ्रेञ्च लिग वानको साविक विजेता (पिएसजी) सिजनको पहिलो खेलमै पराजित भएको छ। पिएसजीलाई नवप्रवेशी टिम लेन्सले पराजित गरेको हो। खेलमा लेन्सले पिएसजीमाथि १(० गोलको जित हात पा¥यो। लेन्सको जितमा गनागोले ५७ मिनेटमा गरेको गोल निर्णायक बन्यो।

    फरवार्ड केलियन एमबाप्पेसहित सात जना खेलाडीलाई कोरोना भाइरसको संक्रमण भएपछि खेल नै अन्योलमा परेको थियो।खेलमा एमबाप्पेसहित ब्राजिलयन फरवार्ड नेइमार, एन्जेल डि मारिया, माउरो इकार्डी, मार्क्युन्होस लगायतका खेलाडी अनुपस्थित थिए।

    यस्तै उसले तेस्रो रोजाइका गोलकिपर बुल्कालाई खेलाएको थियो।कोरोना भाइरसको डर भए पनि खेलमा ५ हजार दर्शकलाई प्रवेस दिइएको थियो।पिएसजीले पछिल्लो आठ वर्षमा सात उपाधि जितेको थियो।

    अब पिएसजीले लिगको दोस्रो खेलमा मार्सेलीसँग आइतबार खेल्नेछ। खेलका लागि उसले लेन्सविरुद्ध नखेलेका खेलाडीको पुन परीक्षण गर्नेछ।
    यस जितसँगै घरेलु टोली लेन्सले दुई खेलमा तीन अंक जोडेको छ । पहिलो खेल गुमाएको लेन्स तीन अंकसहित तालिकाको १२ औं स्थानमा छ । यता पहिलो खेलमा नै पराजित भएको पीएसजी १७ औं स्थानमा छ ।

     


    शुक्रवार, भाद्र २६ २०७७०७:१२:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij