काठमाडौं ।काभ्रेमा बस दुर्घटना हुँदा १३ जनाको ज्यान गएको छ भने कम्तिमा २० जना गम्भीर घाईते भएका छन् । काभ्रेको बेथानचोक गाउँपालिका–४ चलाल गणेशस्थानमा बस दुर्घटना परेको हो ।
बेथानथोक ५ च्याल्टीमा ब्रतबन्धनमा सहभागी भएर पनौती नगरपालिका ४ सल्ले फर्किदै गरेको बा ३ ख ४३८५ नम्बरको बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
काभ्रेका एसपी चक्रराज जोशीले १३ जनाको मृत्यु र कम्तिमा २० जना गम्भीर घाइते भएका जानकारी दिनुभयो । घाइतेलाई उद्दार धुलिखेल अस्पताल पठाइएको छ । दुर्घटनाको कारणसहित थप विवरण आउन बाँकी छ ।