Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

जनगणना २०७८ को पूर्ण प्रतिवेदन १५ पुस भित्रै सार्वजनिक गरिने

जनगणना २०७८ को पूर्ण प्रतिवेदन १५ पुस भित्रै सार्वजनिक गरिने

  • सोमवार, मंसिर २६ २०७९

  • 479
    SHARES

  • जनगणना २०७८ को पूर्ण प्रतिवेदन १५ पुस भित्रै सार्वजनिक गरिने

    काठमाडौं । जनगणना २०७८ को पूर्ण विवरण १५ पुस भित्रै सार्वजनिक गरिने भएको छ । अहिले जनगणनाका विवरणहरु प्रशोधनको काम भइरहेको भन्दै अब तयार भएका विवरणहरु क्रमशः सार्वजनिक गर्ने तयारी गरिएको तथ्यांक विभागका निर्देशक ढुण्डीराज लामिछानेले जानकारी दिनुभयो ।

    ‘इश्वी सम्वत २०२३ नलाग्दै जनगणनामा अहिलेसम्म तयार विवरणहरु सार्वजनिक गरिनेछ,’ उहाँले भन्नुभयो, ‘केही विवरण पछि पनि सार्वजनिक गर्न सकिन्छ ।’

    तथ्यांक विभागले जनगणनाको प्रारम्भिक विवरण गत माघ दोस्रो साता सार्वजनिक गरेको थियो । जनगणनाको पूर्ण विवरण सार्वजनिक नभएका कारण अहिलेसम्म संघ, प्रदेश र स्थानीय तहले २०६८ सालकै तथ्यांकमा आधारित रहेर योजनारकार्यक्रम बनाएका छन् ।

    प्रारम्भिक नतिजा अनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० रहेको छ । पूर्ण विवरणमा यो फरक पर्न सक्छ । प्रारम्भिक प्रतिवेदन अनुसार २०६८ को तुलनामा नेपालमा २६ लाख ९७ हजार ९ सय ७६ जनाले जनसंख्या बढेको पाइएको थियो । यस अनुसार नेपालको जनसंख्या वृद्धिदर ०.९३ प्रतिशत मात्र रहेको देखिएको थियो । विभागले प्रारम्भिक विवरण सार्वजनिक गरेको ६ महिनामा पूर्ण विवरण ल्याउने भनेको थियो । प्रारम्भिक प्रतिवेदन सार्वजनिक भएपछि नेपालमा भएका लगातार दुई वटा निर्वाचनका कारण समेत पूर्ण विवरणको काम पुरा गर्न समय लागेको विभागको भनाइ छ ।

    प्रारम्भिक नतिजाले नेपालमा कुल ५६ लाख ४३ हजार ९ सय ४५ वटा घर रहेको देखाएको छ । यी घरमा कुल ६७ लाख ६१ हजार ५९ वटा परिवार बसोबास गर्छन् । अहिले प्रत्येक १ सय वटा घरमा १२० वटा परिवारको बसोबास छ । १० वर्ष अगाडि एक सय वटा घरमा ११८ जना परिवारको बसोबास थियो ।

    पछिल्लो १० वर्षमा परिवार संख्या मात्र १३ लाख ३३ हजार ५ सय ३१ ९२४।५७ प्रतिशत० थप भएको छ । कुल जनसंख्यामा १ करोड ४२ लाख ९१ हजार ३ सय ११ जना ९४८।९६ प्रतिशत० पुरुष छन् । महिलाको संख्या १ करोड ४९ लाख १ हजार १ सय ६९ ९५१।०४ प्रतिशत रहेको छ । नयाँ तथ्यांक अनुसार १ सय महिलाको अनुपातमा ९५।९१ जना पुरुष रहेको प्रारम्भिक विवरणमा देखिएको थियो ।


    सोमवार, मंसिर २६ २०७९०६:५९:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij