काठमाडौं । खोटाङमा टाटा सुमो दुर्घटनामा परेको छ । यात्रु लिन खोटाङकै दिक्तेलतर्फ जाँदै गरेको को १ ज ३०२७ नम्बरको सुमो दुर्घटना हुँदा चालक गम्भीर घाईते भएका छन् ।
मध्यपहाडी लोकमार्ग अन्तर्गत दिक्तेल–हुर्लुङ सडक खण्डको दिखुवाखोलामा सुमो आफै अनियन्त्रीत भएर पल्टिदा सुनसरी तरहरा का २६ वर्षका रामकुमार खनाल गम्भीर घाइते भएका हुन् ।
सुमो सडकबाट करिब ५० मिटर तल खस्दा खनालको देब्रे खुट्टा भाँचिएको प्रहरीले जनाएको छ । घाइतेलाई बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी मञ्जिल मुकारुङले बताए ।