Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

ग्वार्को–बालकुमारी सडकखण्डमा अत्यधिक सवारी जाम, कारण यस्तो..

ग्वार्को–बालकुमारी सडकखण्डमा अत्यधिक सवारी जाम, कारण यस्तो..

  • सोमवार, मंसिर २६ २०७९

  • 449
    SHARES

  • ग्वार्को–बालकुमारी सडकखण्डमा अत्यधिक सवारी जाम, कारण यस्तो..

    काठमाडौं । ललितपुरको ग्वार्को–बालकुमारी सडकखण्डमा अत्यधिक सवारी जाम हुन थालेको छ । ग्वार्को चोकमा फ्लाइओभर निर्माण भइरहेकाले सो क्षेत्रमा जाम भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

    बालकुमारी पुलबाट बल्खु जाने आउने यात्रुवाहक, मालवाहक तथा दुई पाङ्ग्रे सवारी साधनलाई सर्भिस लेनमा र निजी चार पाङग्रे सवारी साधनलाई फास्ट ट्रयाकमा डाइभर्ड गरिएको ट्राफिकले जनाएको छ ।

    तोकिएको सडक लेनबाट यात्रा गर्न र गराउन चालकलाई ट्राफिक कार्यालयले अनुरोध गरेको छ । यसबाहेक उपत्यकाका अन्य स्थानको सवारी आवागमन सामान्य रहेको छ ।

    विभिन्न नाका प्रयोग गरी उपत्यका भित्रिने र बाहिरिने सवारी साधन पनि सामान्य रूपमा नै सञ्चालन भैरहेको ट्राफिक कन्ट्रोल रुमले जानकारी दिएको छ ।


    सोमवार, मंसिर २६ २०७९०२:२८:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij