Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

धनुषामा बञ्चरो प्रहार गरी श्रीमानद्धारा श्रीमतीको हत्या

धनुषामा बञ्चरो प्रहार गरी श्रीमानद्धारा श्रीमतीको हत्या

  • सोमवार, मंसिर २६ २०७९

  • 527
    SHARES

  • धनुषामा बञ्चरो प्रहार गरी श्रीमानद्धारा श्रीमतीको हत्या

    काठमाडौं । धारिलो हतियार प्रहार गरेर धनुषामा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । धनुषाको बटेश्वर गाउँपालिका वडा नंं. ५ शान्तिपुरका विरेन्द्र यादवकी श्रीमती २७ वर्षीया रितादेवी यादवको गएराति हत्या भएको थियो ।

    त्यसपछी अनुसन्धान गर्दा उनका श्रीमानले नै धारीलो हतियार बञ्चरो प्रहार गरेर हत्या गरेको खुलेको हो ।गम्भीर घाइते अवस्थामा रितालाई श्रीमान् विरेन्द्रले जनकपुरको काव्या अस्पताल पुर्याएका थिए । उनको उपचारको क्रममा मृत्यु भएको थियो ।

    धनुषाका प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रदीपबहादुर क्षेत्रीले श्रीमतीमाथि प्रहार गरेर पोखरीमा फालेको बञ्चरोसहित विरेन्द्रलाई नियन्त्रणमा लिएको बताउनुभएको छ ।उनका ४ वर्षीय र ६ वर्षीय दुई छोरा छन् । थप अनुसन्धान अघि बढाइएको पनि प्रहरीले जनाएको छ ।


    सोमवार, मंसिर २६ २०७९०१:१२:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij