काठमाडौं । नेपालमा सन्तान जन्माउने दर घटेको फेला छ । एक सर्वेक्षणले पछिल्लो २६ वर्ष ९ सन् १९९६ देखि २०२२०सम्मको अवधिमा जन्मदर ह्वात्तै घटेकोे देखाएको छ ।
सर्वेक्षणअनुसार सन् १९९६ मा प्रति एकहजार महिलाहरूले ४.६ बच्चा जन्माएका थिए । अर्थात् दुई जना महिलाले ९ जना बच्चा जन्माउँथे । भने ०२२ मा आइपुग्दा १ महिलाले औसतमा २ जना सन्तान जन्माउने गरेको जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणले देखाएको छ ।
यस्तै, २००१ मा औसतमा एक महिलाले ४ जना बच्चा जन्माउँथे । २००६ मा गरिएको सर्वेक्षणमा जन्मदर ३.१ प्रतिशत थियो भने सन् २०११ जन्मदर घटेर २.६ प्रतिशतमा पुग्यो ।
सन् २०१६ मा जन्मदर २.३ प्रतिशत पुग्दा २०२२ सम्म आइपुग्दा घटेर २.१ प्रतिशतमा झरेको जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणले देखाएको छ ।