Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

कर्णालीमा डोजर खस्दा २ जनाको मृत्यु, ३ बेपत्ता, अन्य ३ घाइते

कर्णालीमा डोजर खस्दा २ जनाको मृत्यु, ३ बेपत्ता, अन्य ३ घाइते

  • शनिवार, मंसिर २४ २०७९

  • 304
    SHARES

  • कर्णालीमा डोजर खस्दा २ जनाको मृत्यु, ३ बेपत्ता, अन्य ३ घाइते

    काठमाडौं । बहुचर्चित कालीकोटको फुकोट अर्धजलाशययुक्त जलविद्युत् आयोजनामा काम गरिहेको डोजर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । तीन जना बेपत्ता भएका छन् । दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् ।

    आज कर्णाली करिडोरमा पर्ने सान्नीत्रिवेणी १ लुसा भीरबाट कर्णाली नदीमा डोजर खसेको हो ।

    मृत्यु हुनेमा सान्नीत्रिवेणी १ का १७ वर्षीय चरित्र विक र सोही ठाउँका १४ वर्षीय युवराज बुढा छन् ।

    कर्णाली नदीमा खसेको डोजरमा रहेका सान्नीत्रिवेणी १ का उमेश गिरी, सोही ठाउँका रक्तिम विक र अछाम घर भएका चालक कमल सोडारी बेपत्ता छन् ।

    दुर्घटनामा रास्कोट ७ का मिलन शाही, खाडाचक्र ११ बरातुका विवेक भारती र विकास भारती घाइते छन् । घाइतेको मान्मस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

    आयोजनामा काम गर्ने क्रममा डोजर भीरबाट खसेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुवराज बमले बताउनुभयो । बेपत्ताको खोजी भइरहेको छ ।

    कालीकोटको फुकोटमा ४ सय मेगावाट क्षमताको अर्धजलाशययुक्त जलविद्युत आयोजनाको सुरु खन्ने काम भइरहेको छ ।

     


    शनिवार, मंसिर २४ २०७९०४:२६:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij