Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

गोरखा अस्पतालको आइसोलेसनमा उपचाररत एक सङ्क्रमितको मृत्यु

गोरखा अस्पतालको आइसोलेसनमा उपचाररत एक सङ्क्रमितको मृत्यु

  • शनिवार, आषाढ २० २०७७

  • 737
    SHARES

  • गोरखा अस्पतालको आइसोलेसनमा उपचाररत एक सङ्क्रमितको मृत्यु

    गोरखा अस्पतालको आइसोलेसनमा रहेका एक व्यक्तिको मृत्यु भएको छ । जिल्ला अस्पताल गोरखाले प्रेस विज्ञप्ति जारी गरी कोरोना सङ्क्रमण देखिएपछि अस्पतालको आइसोलेसनमा उपचार गराइरहनुभएका ४४ वर्षीय एक पुरुषको मृत्यु भएको पुष्टि गरेको छ ।

    पालुङटार नगरपालिका-७ निवासी उहाँ मङ्गलबार मात्र कतारबाट नेपाल फर्कनुभएको थियो । मधुमेह, उच्च रक्तचापलगायतका दीर्घरोगीसमेत रहनुभएका उहाँलाई गाह्राे भएपछि शुक्रबार राति १० बजे जिल्ला अस्पतालको आइसोलेसनमा ल्याइएको थियो ।

    उपचारको क्रममा शनिबार बिहान ५ बजे उहाँको मृत्यु भएको जिल्ला अस्पताल गोरखाका निमित्त मेडिकल सुपरिटेन्डेन्ट नवीन थापाले जानकारी दिनुभयो । उहाँको १८ गते पीसीआर परीक्षणको लागि नमूना सङ्कलन गरी पठाइएकोमा १९ गते पोजिटिभ रिर्पोट आएको थियो ।


    शनिवार, आषाढ २० २०७७०३:४०:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij