Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

चीनमा सुरु भयो जण्डिसबाट पीडित वर्षमानको उपचार

चीनमा सुरु भयो जण्डिसबाट पीडित वर्षमानको उपचार

  • बिहिवार, मंसिर २२ २०७९

  • 494
    SHARES

  • चीनमा सुरु भयो जण्डिसबाट पीडित वर्षमानको उपचार

    काठमाडौं। नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको उपचार चीनमा सुरु भएको छ ।

    लामो समयदेखि जटिल प्रकारको वंशाणुगत जण्डिसबाट पीडित वर्षमान उपचार गर्न यही मंसिर १६ गते चीन जानुभएको थियो । चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालको क्वारेन्टिनमा उपचार सुरु भएको पुनको सचिवालयले जनाएको छ ।

    यसअघि पनि उहाँको उपचार सोही अस्पतालमा भएको थियो ।गत वर्ष ललितपुरको जावलाखेलस्थित सुमेरु अस्पतालमा उपचार सम्भव नभएपछि चिकित्सकको परामर्शमा उनी थाइल्याण्डको राजधानी बैंकक जानुभएको थियो ।

    बैंककस्थित समितिभेज अस्पतालमा दुई महिना उपचार गराउँदासमेत स्वास्थ्यमा सन्तोषजनक सुधार नभएपछि उतैबाट चीनको सेनजेन लगिएको थियो । चीनमा उपचार गराएर उहाँ २०७८ माघ १० गते काठमाडौं फकिनुभएको थियो ।

    प्रदेश र प्रतिनिधि सभा निर्वाचनको धपेडीका कारण स्वास्थ्य समस्या बल्झिएपछि पुनः सेन्जेनस्थित थर्ड पिपुल्स अस्पतालमा लगिएको पुनको सचिवालयले जनाएको छ ।


    बिहिवार, मंसिर २२ २०७९१२:२८:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij