Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

थारु तथा मैथिली समुदायले आजबाट तीन दिनसम्म जितिया पर्व मनाउदै

थारु तथा मैथिली समुदायले आजबाट तीन दिनसम्म जितिया पर्व मनाउदै

  • बिहिवार, भाद्र २५ २०७७

  • 992
    SHARES

  • थारु तथा मैथिली समुदायले आजबाट तीन दिनसम्म जितिया पर्व मनाउदै

    काठमाडौ । नेपालको तराई क्षेत्रमा थारु तथा मैथिली समुदायकाले आजबाट तीन दिनसम्म जितिया पर्व मनाउदै छन्। आज पहिलो दिन भएकोले महिलाहरु बिहानैदेखि ‘उपास’ ब्रतबसी घरमै झम्टा नाँच नाचेर मनाइरहेका छन्।

    यो पर्व अश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी तिथिमा तीन दिनसम्म हर्षोल्लासका साथ मनाइने गरिन्छ । विगतमा नाच्दै गाउँदै तामझामका साथ मनाइने यो पर्व यस वर्ष कोरोनाको प्रकोपका कारण घरमै बसेर मनाउन लागिएको हो।

    जितियाको दोस्रो दिन थारु समुदायका महिलाहरु बिहानैदेखि निराहार ब्रत बस्छन् । बिहानै नुहाई धुवाई गरी बेलको पात टिपेर दिनभर निराहार ब्रत बस्ने, बेलुकीपख फेरि खोलामा गई पिनाले नुहाई पातमा पिना बगाउने र साँझ जितिया पर्वको कथा श्रवण गरेर मात्र खाने चलन रहेको छ ।
    भोलिपल्ट अर्थात् नवमीको दिन सबेरै सबै ब्रतालु खोलामा नुहाएर निराकार प्रतिमूर्ति बनाएर मासको गेडाले पूजा गर्छन् ।

    खोलाबाट घर आइसकेपछि ब्रतालुले दहि चिउरा, केरालगायत खानेकुरा खान्छन् । त्यसपछि भने ब्रत सकिएसँगै जितिया पर्व सकिन्छ। अविवाहितले राम्रो वर पाउन र विवाहितले आफ्नो श्रीमान् र सन्तानको दीर्घायुको कामना गर्दै जितियाको ब्रत बस्ने गर्छन् । यसैबीच जितिया पर्वको अवसरमा राष्ट्रपति, प्रधानमन्त्री, सभामुख र प्रमुख राजनीतिक दलका नेताहरुले शुभकामना दिएका छन् ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले जितिया पर्वले समतामूलक, प्रगतिशील र सभ्य समाज निर्माणमा अग्रसर हुन उत्प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

    यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले जितिया पर्वले परस्परमा सद्भाव र प्रेमको सन्देश प्रवाह गर्ने बताउनुभएको छ ।


    बिहिवार, भाद्र २५ २०७७१०:२६:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij