Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

प्रदूषण जाँच पास हुन नसक्ने गाडीलाई एक लाख जरिबाना गरिने

प्रदूषण जाँच पास हुन नसक्ने गाडीलाई एक लाख जरिबाना गरिने

  • बिहिवार, मंसिर २२ २०७९

  • 343
    SHARES

  • प्रदूषण जाँच पास हुन नसक्ने गाडीलाई एक लाख  जरिबाना गरिने

    काठमाडौं । परीक्षणमा प्रदूषण जाँच पास हुन नसक्ने गाडीलाई एक लाख रुपैयाँसम्म जरिबाना गर्ने वातावरण विभागले जनाएको छ ।

    सरकारले यस अघि यातायात व्यवसायी तथा गाडीधनीलाई प्रदूषण जाँच गरी तोकिएको मापदण्ड पूरा गरेर मात्र गाडी चलाउन आग्रह गरिरहेको छ ।

    धुवाँ परीक्षण गर्दा मापदण्डभन्दा धेरै प्रदूषण गराइरहेका गाडीलाई एक पटकको लागि मर्मत गरी अवस्था दुरुस्त राख्न मौका दिने गरेको छ ।

    अब पुस १ गतेदेखि भने विभागको परीक्षणमा प्रदूषण जाँच पास हुन नसक्ने गाडीलाई एक लाख रुपैयाँसम्म जरिबाना हुनेछ ।

    छड्के जाँचमा प्रदूषण जाँचपासको रुपमा हरियो वा अन्य स्टिकरको अवधि बाँकी रहेको अवस्थामा पनि प्रदूषण जाँच अनुत्तिर्ण हुने गाडीलाई जरिबाना गर्ने विभागले चेतावनी दिएको छ ।

    पछिल्लो समयमा काठमाडौँ उपत्यकामा सञ्चालन भइरहेका गाडीमा धुवाँ निस्कासनको अवस्था अन्त्यन्तै दयनीय पाइएको वातावरण विभागले जनाएको छ ।


    बिहिवार, मंसिर २२ २०७९०९:०७:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij