Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

नवलपुरमा सवारी दुर्घटना हुँदा १७ जना घाइते

नवलपुरमा सवारी दुर्घटना हुँदा १७ जना घाइते

  • बिहिवार, मंसिर २२ २०७९

  • 327
    SHARES

  • नवलपुरमा सवारी दुर्घटना हुँदा १७ जना घाइते

    काठमाडौं । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरमा सवारी दुर्घटना हुँदा १७ जना घाइते भएका छन्।

    पूर्वपश्चिम राजमार्गअन्तर्गत जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–१ विनयी खोलानजिक आज बिहान ५ बजे बस र ट्रक एकापसमा ठोक्किएका हुन्।

    बागलुङबाट भैरहवाका लागि छुटेको लु१ख ४६७० नम्बरको बस र पश्चिमबाट छुटेको लु२ख ८९३ नम्बरको ट्रक एकापसमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी सन्तोष पाठकले बताउनुभयो ।

    घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ। घाइतेको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचार भइरहेको छ।

    बसमा ३० जना सवार रहेकामा अन्य यात्रु भने सकुशल रहेको पाठकले बताउनुभयो ।

    बस र ट्रक ठोक्किएपछि अहिले उक्त स्थानमा एकतर्फी मात्रै यातायात सञ्चालन भएको छ।

    दुर्घटनामा परेका सवारीसाधन हटाएपछि मात्र दुईतर्फी यातायात सञ्चालन हुने उहाँले बताउनुभयो ।


    बिहिवार, मंसिर २२ २०७९०८:४९:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij