Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

कार्यालयको फोहर आफै व्यवस्थापन गर्न काठमाडौं महानगरको आग्रह

कार्यालयको फोहर आफै व्यवस्थापन गर्न काठमाडौं महानगरको आग्रह

  • बुधवार, मंसिर २१ २०७९

  • 356
    SHARES

  • कार्यालयको फोहर आफै व्यवस्थापन गर्न काठमाडौं महानगरको आग्रह

    काठमाडौं - काठमाडौं महानगरपालिकाले कार्यालय परिसर सफा नराखे कारबाही गर्ने चेतावनी दिएको छ। 

    महानगरपालिकाभित्र रहेका सरकारी तथा सार्वजनिक कार्यालय, संस्थान, विभिन्न प्रतिष्ठान, स्वास्थ्य तथा शैक्षिक संस्था, गैह्रसरकारी संस्था, कम्पनी तथा अन्य प्रकृतिका निजी कार्यालयको परिसरलाई नियमित सरसफाइ गर्न महानगरले निर्देशन दिएको हो।

    कार्यालय परिसरमा रहेका छरपस्ट पुराना उपकरण तथा अन्य प्रकृतिका फोहर मैलाले सिंगो सहरको सुन्दरतामा नै ह्रास आएको भन्दै महानगरले कारबाही गर्ने चेतावनी दिएको हो। सबै सरकारी तथा निजी कार्यालयहरूले आफ्नो परिसरको फोहर ३५ दिनभित्र आफैँ व्यवस्थापन गरी सहरलाई सफा राख्न  भनेको हो। 

    फोहर नफ्याके त्यस्ता कार्यालयको नामसमेत सार्वजनिक गरिने महानगरको चेतावनी छ। 

     

    Managar_bzE4McWsxW.jpg

     

     


    बुधवार, मंसिर २१ २०७९११:२२:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij