Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

नेपाल पत्रकार महासंघ युएई को अध्यक्षमा सापाकोटा निर्वाचित

नेपाल पत्रकार महासंघ युएई को अध्यक्षमा सापाकोटा निर्वाचित

  • बुधवार, मंसिर २१ २०७९

  • 361
    SHARES

  • नेपाल पत्रकार महासंघ युएई को अध्यक्षमा सापाकोटा निर्वाचित

    काठमाडौं । नेपाल पत्रकार महासंघ युएईको अध्यक्षमा मेघराज सापकोटा निर्वाचित हुनु भएको छ।

    आइतबार (४ डिसेम्वर) मा सम्पन्न युएई शाखाको सातौं अधिवेसनबाट अध्यक्षमा सापाकोटा निर्वाचित हुनु भएको हो। त्यस्तै गरि उपाध्यक्षमा मोहन बस्याल, सचिवमा माधव न्यौपाने, सह–सचिवमा राम कुमार परियार, कोषाध्यक्षमा श्रीकृष्ण भट्टराई निर्वाचित हुनु भएको छ।

    त्यस्तै कार्यसमिती सदस्यमा खिमलाल पाण्डेय र पृथीछक बुढा निर्वाचित हुनु भएको छ। राष्ट्रिय परिषद सदस्यमा निमेश गिरी र हरि नेपाली चयन हुनु भएको छ भने सल्लाहाकार समितीमा लक्ष्मण खनाल, एकेन्द्र थापा र नारायण अधिकारि रहनु भएको छ।

    कार्यक्रममा संस्थाका कोषाध्यक्ष माधव न्यौपानेले संस्थाको आर्थिक प्रतिवेदन र सचिव मोहन बस्यालले सस्थागत प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो।

    नव निर्वाचित टिमलाई बधाई दिदै नेपाल पत्रकार महासंघका केन्द्रिय महासचिव रोशन पुरिले संख्यात्मक सदस्य धेरै हुनु भन्दा पनि समाचारको गुणस्तरियतामा ध्यान दिएकोमा खुसि लागेको बताउनु भयो। युएईमा करिब ४० जना बढि सक्रिय पत्रकारहरु भए पनि पत्रकार महासंघ युएई शाखामा भने १८ जना सदस्य रहेका छन्। युएईमा रहेका पत्रकारले बिशेषःत नेपाली श्रमिकका समस्या माथि कलम चलाउदै आएका छन्।

    नेपाल पत्रकार महासंघ युएई शाखाका अध्यक्ष लक्ष्मण खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी नेपाल पत्रकार महासंघका केन्द्रिय महासिचव रोशन पुरि रहनु भएको थियो । कार्यक्रमा पत्रकार महासंघका पुर्व अध्यक्ष गोविन्द आचार्य तथा केन्द्रिय सदस्य सुनिल खड्काको उपस्थिती रहेको थियो। मेघराज सापकोटा को स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन मोहन बस्यालले गर्नु भएको थियो।


    बुधवार, मंसिर २१ २०७९०७:४१:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij