Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

सिम्रौनगढमा मल विवाद : विवादले उग्ररुप लिएपछि झडप

सिम्रौनगढमा मल विवाद : विवादले उग्ररुप लिएपछि झडप

  • मंगलवार, मंसिर २० २०७९

  • 486
    SHARES

  • सिम्रौनगढमा मल विवाद : विवादले उग्ररुप लिएपछि झडप

    काठमाडौं । बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर ४ मा रासायनिक मलको विषयमा विवाद हुँदा दुई पक्षबीच झडप भएको छ ।

    वडा कार्यालयमा लगाइएको तालाबन्दी खोल्ने विषयमा भएको विवादले उग्र रुप लिँदा झडप भएको हो । वडा कार्यालयले पाएको रासायनिक मल वितरण गर्न मंसिर १५ गतेदेखि १८ गते आइतबारसम्म किसानलाई नागरिकतासहित आवेदन दिन माग गरेको थियो ।

    केही किसान १८ गते अपरान्ह मलका लागि आवेदन दिन पुगेका थिए । तर उनीहरु पुग्दा वडा कार्यालय बन्द भइसकेको थियो । अपरान्ह ४ बजेसम्म खोल्नुपर्नेमा अगाडि नै बन्द गरेका कारण मलका लागि आवेदन दिन आफूहरु वञ्चित भएको भन्दै उनीहरुले वडा कार्यालयमा तालाबन्दी गरेका थिए । मंगलबार सोही तालाबन्दी खोल्न लाग्दा विवाद झडपमा परिणत भएको छ ।

    वडा प्रहरी कार्यालय सिम्रौनगढका अनुसार वडा कार्यालयमा गरिएको तालाबन्दी अझै खुल्न सकेको छैन । दुवै पक्ष लाठीभाटा लिएर बसेका कारणस्थिति अझै तनावपूर्ण रहेको स्थानीय पत्रकार रामेश्वर मेहताले जानकारी दिएका छन् ।

     


    मंगलवार, मंसिर २० २०७९०४:१०:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij