Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

कस्तो रहला आज देशभरको मौसम ?

कस्तो रहला आज देशभरको मौसम ?

  • मंगलवार, मंसिर २० २०७९

  • 253
    SHARES

  • कस्तो रहला आज देशभरको मौसम ?

    काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। आज बिहान देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतः सफा रहेको छ ।

    आज दिउँसो प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतः सफा रहनेछ। राती प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू–भाग लगायत लुम्बिनी प्रदेशमा आंशिक बदली रहनेछ।

    तराई भू–भागमा हुस्सु लाग्ने तथा देशका अधिकांश भू–भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने संभावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

     

     

     


    मंगलवार, मंसिर २० २०७९०७:२३:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij