Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

रिचार्ज गर्दा टेलिकमले बोनस डाटा उपलब्ध गराउने

रिचार्ज गर्दा टेलिकमले बोनस डाटा उपलब्ध गराउने

  • सोमवार, मंसिर १९ २०७९

  • 677
    SHARES

  • रिचार्ज गर्दा टेलिकमले बोनस डाटा उपलब्ध गराउने

    काठमाडौं । नेपाल टेलिकमले कम्पनीका रिचार्ज कार्डबाट रिचार्ज गरेवापत ग्राहकहरुलाई बोनस डाटा उपलब्ध गराउने भएको छ ।

    ग्राहकले रु. २००, ५०० र १००० रुपैयाँ दरका रिचार्ज कार्ड प्रयोग गरी मोबाइल रिचार्ज गर्दा बोनस डाटा उपलब्ध गराउने भएको हो ।

    रु. २०० को रिचार्ज कार्ड प्रयोग गर्दा यस वापत १ दिन प्रयोग गर्न सकिने १ जीबी डाटा उपलब्ध हुने कम्पनीे जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यस्तै रु. ५०० को रिचार्ज कार्ड प्रयोग गर्दा ४ दिनसम्म प्रयोग गर्न सकिने ४ जीबी र रु. १००० को रिचार्ज कार्ड प्रयोग गर्दा १० दिनसम्म प्रयोग गर्न सकिने १० जीबी डाटा वोनस स्वरुप प्राप्त प्रवक्ता शोभन अधिकारीले जानकारी दिनुभयो ।

    यो अफर मंगलबारदेखि आगामी पुस १९ गतेसम्म जीएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल प्रयोगकर्ताहरुका लागि उपलब्ध हुने टेलिकमले जनाएको छ ।


    सोमवार, मंसिर १९ २०७९०२:१३:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij