Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

कस्तो रहला आज देशभरको मौसम ?

कस्तो रहला आज देशभरको मौसम ?

  • सोमवार, मंसिर १९ २०७९

  • 377
    SHARES

  • कस्तो रहला आज देशभरको मौसम ?
    काठमाडौं । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नभएको मौसम पूर्वानुमान महाशाखाकाले जनाएको छ। 
     
    सोमबार(आज) प्रदेश १, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका भू–भागमा आंशिक बदली रही बाँकी  भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। आज राति प्रदेश–१ र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी  भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । भोलि पनि प्रदेश १ को पहाडी  भू–भागमा आंशिक बदली रही बाँकी  भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।
     
    यसैबीच, काठमाडौंमा आज बिहान पौने ६ बजेको तापक्रम ८ डिग्री सेल्सियस रहेको छ । दिउँसो बढेर १९–२० डिग्री सेलिसयससम्म पुग्ने मौसमविद् वरुण पौडेलले बताउनुभयो। 
     
    उहाँका अनुसार आज देशका कुनै पनि भू–भागमा हिमपात तथा वर्षाको सम्भावना छैन । यद्यपि, चिसो बढ्दै गएको छ । 
     
    तराईका केही भू–भागमा हुस्सु र कुहिरो लागेको छ । घाम लागेसँगै हट्दै जाने उहाँले बताउनुभयो । काठमाडौंमा हवाई उडान तथा अवतरणमा समस्या हुने गरी तुवाँलो लागेको छैन । 
     
     
     


    सोमवार, मंसिर १९ २०७९०६:४८:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij