Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

सुर्खेतमा जिप दुर्घटना, ६ जना घाइते

सुर्खेतमा जिप दुर्घटना, ६ जना घाइते

  • आइतवार, मंसिर १८ २०७९

  • 378
    SHARES

  • सुर्खेतमा जिप दुर्घटना, ६ जना घाइते

    फाइल फोटो

    काठमाडौं । सुर्खेतमा जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

    सुर्खेतको बराहताल गाउँपालिका–८ दमारे नजिकै शनिबार राति जीप दुर्घटना हुँदा ६ जना घाइते भएका हुन् । जीपमा सवार १० जना मध्ये ६ जना घाइते भएका र १ जनाको अवस्था गम्भीर रहेको प्रहरी चौकी बांगेसिमलले जनाएको छ ।

    घाइतेमध्ये ३ जनाको सुर्खेत जिल्ला अस्पतालमा उपचार भइरहेको छ भने ३ जना उपचारपछि डिस्चार्ज भइसकेका छन् । जिप चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    कालिकोटबाट सुर्खेततर्फ जाँदै गरेको भे १ ज १००५ नम्बरको जिप शनिबार राति ८ बजे अनियन्त्रित भई सडकबाट झण्डै १५ मिटर तल खसेको थियो ।


    आइतवार, मंसिर १८ २०७९११:५०:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij