काठमाडौं। यस वर्षको “हेमगंगा शारिरीक अपाङ्ग प्रतिभा पुरस्कार” अपाङ्गता अधिकार तथा सञ्चारकर्मी भूमिकला पौडेलले प्राप्त गर्नुभएको छ ।
समाज कल्याण परिषद्, राष्ट्रिय अपाङ्ग कोषद्धारा प्रतिभाशाली अपाङ्गता भएका व्यक्तिहरूलाई प्रदान गरिने पुरस्कारहरू मध्ये “पत्रकारिता तथा सञ्चार क्षेत्रमा उल्लेखनिय प्रतिभा देखाउन सक्षम व्यक्तिहरूलाई प्रदान गरिने पुरस्कार” विधामा उहाँले सो पुरस्कार प्राप्त गर्नु भएको हो ।
अपाङ्गता सवाललाई पत्रपत्रिका, रेडियो तथा टेलिभिजन मार्फत सक्रिय रूपमा आवाज उठाउँदै आउँनु भएकी पौडेल आफू पनि शारिरीक अपाङ्गता भएको व्यक्ति हुनुहुन्छ र लामो समय देखि नै अपाङ्गता क्षेत्रमा संलग्न रहि अपाङ्गता भएका व्यक्तिहरूको आवाज बुलन्द पार्नमा महत्वपूण भूमिका खेलिरहनु भएको छ ।
अपाङ्गता भएका व्यक्तिहरूको अन्तरराष्ट्रिय दिवसको अवसर पारेर राजधानीमा प्रदान गरिएको सो पुरस्कार लगायत अन्य विधाका पुरस्कारहरू पनि वितरण गरिएको थियो ।