Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

मिडिया काउन्सिल मधेश प्रदेश अध्यक्ष भट्टराई मृत फेला

मिडिया काउन्सिल मधेश प्रदेश अध्यक्ष भट्टराई मृत फेला

  • शनिवार, मंसिर १७ २०७९

  • 509
    SHARES

  • मिडिया काउन्सिल मधेश प्रदेश अध्यक्ष भट्टराई मृत फेला

    काठमाडौं। मधेश प्रदेशका मिडिया काउन्सिल अध्यक्ष शिवहरि भट्टराई मृत फेला पर्नुभएको छ।

    आज हुने लागेको नेपाल पत्रकार महासंघ सर्लाही शाखाको साधारणसभामा भाग लिन भट्टराई हिजो नै सर्लाहीको लालबन्दी पुग्नु भएको थियो।

    हिजो राति पत्थरकोटास्थित होलिडे रिसोर्टमा खाना खाएर सुत्नुभएका भट्टराई आज बिहान कोठामै मृत भेटिनुभएको मिडिया काउन्सिलका प्रशासकीय प्रमुख मुनेश्वर यादवले जानकारी दिनुभएको छ।

    मधुमेह, उच्च रक्तचापबाट ग्रसित उहाँको साथमा केही औषधी समेत भेटिएको यादवले बताउनुभयो। भट्टराई नेपाल पत्रकार महासंघ सप्तरीका संस्थापक सभापति र नेपाल पत्रकार महासंघ पूर्व केन्द्रीय उपसभापति समेत हुनुहुन्थ्यो।


    शनिवार, मंसिर १७ २०७९०२:२४:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij