काठमाडौं । रोल्पामा जिप दुर्घटना हुँदा १ जनाको ज्यान गएको छ । एक बालक घाईते भएका छन् । सदरमुकाम लिबाङ नजिकै भैंसीकुटीमा आज बिहान लु १ च ५४६४ नम्बरको जिप सडकभन्दा करिब २ सय मिटरमुनि माडी खोलामा खसेको हो ।
रोल्पाको बाझबाङबाट प्युठानको किमिचौर बजारतर्फ जाने क्रममा आफै अनियन्त्रित भएर खोलामा खस्दा जिपका मालिक समेत रहेका चालक रोल्पा नगरपालिका–५ बाझबाङका ३६ वर्षीय निलेश कवरको घटनास्थलमा नै मृत्यु भएको हो ।
उनीसँगै सवार उनका छोरा ११ वर्षीय प्रताप कवर घाइते भएका हुन् । उनको शरीर, टाउको र शरीरका अन्य भागमा गम्भीर चोट लागेको छ । घाइतेलाई उपचारको लागि प्यूठानतर्फ पठाइएको छ ।