काठमाडौं । कपिलवस्तुमा एक जना भारतीय नागरिकमाथि गोली प्रहार भएको छ ।३५ वर्षीय भारतीय नागरिक ईरसाद खानमाथि हिजो साँझ अज्ञात समुहले गोली प्रहार गरेको जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले आज जानकारी दिएको छ।
कपिलवस्तुको मायादेवी गाउँपालिका वडा नं। ४ चाकरचौडास्थित एक होटलमा बसेका खानमाथि अज्ञात समुहले गोली प्रहार गरेको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिनुभयो ।
चाकरचौडासँग सीमा जोडिएको भारतको सिद्धार्थनगरका खानको काँध र कम्मरमा गोली लागेको छ।गोली प्रहारबाट घाइते खानलाई उपचारको लागि भारतको गोरखपुर लगिएकोमा त्यहाँ उपचार हुन नसकेपछि थप उपचारको लागि नौगढ लगिएको मिश्रले बताउनुभएको छ ।
घटनापछि भारतीय प्रहरीसँगको समन्वयमा संलग्न समुहको खोजी कार्य सुरु भएको छ ।