Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

धनगढीमा आन्दोलनकारी विद्यार्थीमाथि प्रहरीले हान्यो दर्जनौं सेल अश्रु ग्यास

धनगढीमा आन्दोलनकारी विद्यार्थीमाथि प्रहरीले हान्यो दर्जनौं सेल अश्रु ग्यास

  • शुक्रवार, मंसिर १६ २०७९

  • 361
    SHARES

  • धनगढीमा आन्दोलनकारी विद्यार्थीमाथि प्रहरीले हान्यो दर्जनौं सेल अश्रु ग्यास

    काठमाडौं । धनगढीमा ग्रेडरले विद्यार्थी किचेपछि उत्पन्न परिस्थितिलाई लिएर जिल्ला प्रशासन कार्यालय कैलालीले जारी गरेको निषेधाज्ञाबीच विद्यार्थीले प्रदर्शन गरेका छन् । विद्यार्थीहरूले निषेधाज्ञाकाबीच बिहानैदेखि धनगढीका मुख्य बजार एलएन चोकलगायत क्षेत्रमा प्रदर्शन गरेका हुन् ।

    यसैबीच प्रहरीले दर्जनौं विद्यार्थीहरूलाई नियन्त्रणमा लिएको छ । विद्यार्थीहरूको प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले दर्जनौं सेल आश्रुग्यास प्रहार गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले निषेधाज्ञा उल्लंघन गरी प्रदर्शन भएकोले स्थितिलाई नियन्त्रणमा ल्याउन अश्रु ग्यास प्रहार गरी भिडलाई तितरवितर पारिएको जानकारी दिनुभयो । सो क्रममा ९ जना विद्यार्थीलाई नियन्त्रणमा लिएको समेत उहाँले बताउनुभयो।

    यसैबीच न्यायको लागि भएको आन्दोलनमा प्रहरीले बल प्रयोग गर्दै दमन गरेको आरोप विद्यार्थीहरूले लगाएका छन् । हिजो धनगढीमा ग्रेडरले किच्दा पञ्चोदय माध्यमिक विद्यालय कक्षा ८ मा अध्ययनरत १४ वर्षीया छात्रा चेतना साउँदको मृत्यु भएपछि विद्यार्थीहरू आन्दोलनमा उत्रिएका छन् । घटनाले बृहत रूप लिएपछि हिजो साँझ ७ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि जिल्ला प्रशासन कार्यालय कैलालीले निषेधाज्ञा जारी गरेको थियो।


    शुक्रवार, मंसिर १६ २०७९०१:४०:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij