Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

धनगढीमा ग्रेडरको ठक्करबाट बालिकाको ज्यान गयो

धनगढीमा ग्रेडरको ठक्करबाट बालिकाको ज्यान गयो

  • बिहिवार, मंसिर १५ २०७९

  • 309
    SHARES

  • धनगढीमा ग्रेडरको ठक्करबाट बालिकाको ज्यान गयो

    काठमाडौं । धनगढीमा ग्रेडरको ठक्करबाट एक बालिकाको ज्यान गएको छ ।

    आज बिहान धनगढी–५ स्थित हसनपुर–पिपल चौतारा सडकखण्डमा स्कुल जादै गरेकी १५ वर्षीया चेतना साउदलाई ग्रेडरले ठक्कर दिएको थियो।

    सडक सम्याउने क्रममा ना १ क ९७५ नम्बरको ग्रेडरको ठक्करले पञ्चोदय माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत बालिका साउदको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ ।

    ठक्कर दिने कालिका कन्ट्रक्सनको ग्रेडर र चालक चितवनको भरतपुर महानगरपालिका–२८ का २७ वर्षीय बिमल कुमाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको विरोधमा स्थानीय वासिन्दा र विद्यार्थीले विरोध प्रदर्शन तथा नाराबाजी गरेका छन् ।


    बिहिवार, मंसिर १५ २०७९०१:१७:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij