Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

रोनाल्डोको कीर्तिमान : अन्तर्राष्ट्रिय फुटबलमा सय गोल पूरा

रोनाल्डोको कीर्तिमान : अन्तर्राष्ट्रिय फुटबलमा सय गोल पूरा

  • बुधवार, भाद्र २४ २०७७

  • 1.1K
    SHARES

  • रोनाल्डोको कीर्तिमान : अन्तर्राष्ट्रिय फुटबलमा  सय गोल पूरा

    एजेन्सी । क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय टिमबाट सय गोलको कीर्तिमान पुरा गरेका छन् । उनको गोलसंगै खेलमा पोर्चुगलले नेसन्स लिग फुटबलमा जित हात पारेको छ ।

    मंगलबार राति रोनाल्डोको दुई गोलको सहयोगमा पोर्चुगलले स्विडेनलाई २–० ले हराएको हो । पहिलो हाफको अन्तिम मिनेटमा गोल गर्दै रोनाल्डोले पोर्चुगललाई अघि बढाएका थिए । डिबक्स बाहिरबाट उनले प्रहार गरेको फ्रिकिकले जाली चुमेको थियो । सो गोलसंगै रोनाल्डोले पोर्चुगलको जर्सीमा सय गोल पुरा गरेका थिए ।

    पोर्चुगलका कप्तान समेत रहेका रोनाल्डोले ७२ औं मिनेटमा दोस्रो गोल गर्दै पोर्चुगलको जित सुनिश्चित गरे । उनले राष्ट्रिय टिमबाट आफ्नो गोल संख्या १ सय १ पुर्याएका छन् ।

    उनी राष्ट्रिय टिमबाट सय गोल पुरा गर्ने पहिलो युरोपेली फुटबलर बने । राष्ट्रिय फुटबल टिमबाट इरानका अली डेईले मात्र रोनाल्डो भन्दा बढी अन्तराष्ट्रिय गोल गरेका छन् । उनले सन् १९९३ देखि २००६ सम्म १ सय ९ अन्तराष्ट्रिय गोल गरेका छन् ।

    अन्तराष्ट्रिय फुटबलमा राष्ट्रिय टिमबाट सर्वाधिक गोल गर्ने खेलाडीको रुपमा भारतका सुनिल क्षेत्रीले ७२ र अर्जेन्टिनाका लियोनल मेस्सीले ७० गोल गरेका छन् ।

    पछिल्लो नतिजासंगै पोर्चुगलले नेसन्स लिग फुटबलको सुरुवाती दुवै खेलमा जित निकालेको छ । १९ बर्षको उमेरमा रोनाल्डोले सन् २००४ को युरो कपमा पहिलो अन्तराष्ट्रिय गोल गरेका थिए ।

     

     


    बुधवार, भाद्र २४ २०७७०९:०५:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij