Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

अछाममा ढुङ्गामा च्यापिएर एक बालकको मृत्यु

अछाममा ढुङ्गामा च्यापिएर एक बालकको मृत्यु

  • बुधवार, मंसिर १४ २०७९

  • 427
    SHARES

  • अछाममा ढुङ्गामा च्यापिएर एक बालकको मृत्यु

    काठमाडौं । अछाममा ढुङ्गामा च्यापिएर एक बालकको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा मंगलसैन नगरपालिका ११ निवासी पुरन भुलका माईला छोरा १४ बर्षिय गौतम भुल रहेका छन् । उनको तरुल खन्ने क्रममा शरीरमाथि ढुङ्गा खसेर मृत्यु भएको वडा अध्यक्ष नर बहादुर भण्डारीले जानकारी दिनुभयो ।

    आज दिउँसो दुई भाइ संगै तरुल खन्न निस्केका थिए । दाइ ढुंगामा च्यापिदा भाईले गाउँलेलाई खबर गरेका थिए ।

    मृतक बालक मंगला नेपाल राष्ट्रिय मावि ओलिगाउमा कक्षा ५ मा अध्यानरत छात्र हुन् ।


    बुधवार, मंसिर १४ २०७९०५:३५:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij