काठमाडौं । आजदेखि शुक्रबारसम्म देशका विभिन्न भागमा भारी वर्षाको सम्भावना रहेको छ । खासगरी प्रदेश १, २, बागमती, गण्डकी र प्रदेश ५ का विभिन्न स्थानमा भारी वर्षा हुनेछ।
देशभरको मौसममा सामान्यदेखि पूर्ण बदली भई अहिले विभिन्न स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। ती स्थानहरू आसपास भएर बहने नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भन्दै सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।