Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

व्यवस्थापन बिना नै सुकुम्बासी बस्तीमा महानगरले डोजर चलायोः भूमि आयोग, काठमाडौं

व्यवस्थापन बिना नै सुकुम्बासी बस्तीमा महानगरले डोजर चलायोः भूमि आयोग, काठमाडौं

  • मंगलवार, मंसिर १३ २०७९

  • 456
    SHARES

  • व्यवस्थापन बिना नै सुकुम्बासी बस्तीमा महानगरले डोजर चलायोः भूमि आयोग, काठमाडौं

    काठमाडौं । राष्ट्रिय भूमि आयोग, काठमाडौंले सुकुम्बासीको उचित व्यवस्थापन बिना नै काठमाडौं महानगरपालिका बस्ती भत्काउन पुगेको आरोप लगाएको छ । आयोगले महानगरपालिकाले कसैको परामर्श नलिई एकलौटी रुपमा अघि बढेको बताएको छ ।

    राष्ट्रिय भूमि आयोग, जिल्ला काठमाडौंका अध्यक्ष श्यामकृष्ण प्रजापतीले महानगर सुकुम्बासीको उचित व्यवस्थापन नै नगरी यसरी अघि बढ्छ भन्ने कल्पना समेत नगरेको बताउनुभयो ।

    आयोग अहिले लागत संकलन कार्यमा जुटिरहेको र चुनावका बेला आचारसंहिता लागु भएकाले काम गर्न नपाएको उहाँले बताउनुभयो । आयोगले लागत संकलन गरी वास्तविक सुकुम्बासीको पहिचान नगरी महानगरले डोजर लिएर सुकुम्बासी बस्ती भत्काउन जाने कुरा उचित नभएको उहाँको भनाइ छ ।

    सुकुम्बासीलाई कहाँ व्यवस्थापन गर्ने भन्ने बारेमा सोचेर मात्रै महानगर अघि बढ्न आवश्यक रहेको आयोगको भनाइ छ । हिजो बिना कुनै जानकारी महानगरपालिका डोजर लिएर सुकुम्बासी बस्ती छिरेको भन्दै आयोगले यस बस्तीमा त्रास पैदा भएको बताएको छ। हिजो महानगरपालिकाले थापाथलीस्थित वाग्मती किनारका सुकुम्बासी बस्तीमा डोजर लगाएको थियो ।


    मंगलवार, मंसिर १३ २०७९०३:२३:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij