Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

नगर प्रहरीमाथि साङ्घातिक आक्रमण गर्ने विरुद्ध प्रहरीमा उजुरी

नगर प्रहरीमाथि साङ्घातिक आक्रमण गर्ने विरुद्ध प्रहरीमा उजुरी

  • सोमवार, मंसिर १२ २०७९

  • 475
    SHARES

  • नगर प्रहरीमाथि साङ्घातिक आक्रमण गर्ने विरुद्ध प्रहरीमा उजुरी

    काठमाडौं । बागमती किनारमा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका अनधिकृत संरचना हटाउने क्रममा नगर प्रहरीमाथि साङ्घातिक आक्रमण गर्नेहरू विरुद्ध काठमाडौँ महानगरपालिकाले महानगरीय प्रहरी परिसर टेकु काठमाडौँमा अपराध अनुसन्धानका लागि पत्र पठाएको छ । महानगर प्रहरी बलका प्रमुखसहित १८ जना नगर प्रहरीलाई आक्रमण गरी गम्भीर घाइते बनाइएको महानगरले जनाएको हो ।

    नगर प्रहरी शर्मिला बोगटीलाई शरीर बन्धकमा लिई गम्भीर रूपमा घाइते बनाएको र उनीसहित तीन जना नगर प्रहरीको आईसीयुमा उपचार भइरहेको महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिनुभयो ।

    अनधिकृत संरचना हटाउने कानुन बमोजिमको कार्यमा संलग्न नगर प्रहरीहरूलाई साङ्घातिक आक्रमण गर्ने व्यक्तिहरूलाई कानुन बमोजिम हदैसम्मको कारबाही गर्न सम्बद्ध निकाय तथा पदाधिकारीहरूलाई महानगरले अनुरोध गरेको छ ।

    lettr.jpg


    सोमवार, मंसिर १२ २०७९०७:४९:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij