Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

घाइते महानगर प्रहरीको नर्भिकमा उपचार हुँदै

घाइते महानगर प्रहरीको नर्भिकमा उपचार हुँदै

  • सोमवार, मंसिर १२ २०७९

  • 438
    SHARES

  • घाइते महानगर प्रहरीको नर्भिकमा उपचार हुँदै

    काठमाडौं । काठमाडौं महानगरपालिकाका दुई दर्जन बढी घाइते नगर प्रहरीहरूको थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलमा उपचार गरिएको छ ।

    थापाथलीको सुकुम्बासी बस्तीका घरटहरा भत्काउन गएको महानगरको टोलीमाथि त्यहाँका बासिन्दाले ढुंगामुढा प्रहार गरेका थिए । ढुंगामुढा लागेर घाइते भएका महानगरका प्रहरी तथा कर्मचारीहरूको नर्भिकमा उपचार भएको हो ।

    घाइते नगर प्रहरीहरूलाई इमेरजेन्सी र ठाउँ अपुग भएका कारण त्यसभन्दा अघिल्तिरको खुला क्षेत्रमासमेत राखेर नर्भिकका स्वास्थ्यकर्मीहरूले उपचार गरेका थिए ।

    अस्पतालले काठमाडौं महानगरका २६ भन्दा बढी नगर प्रहरी तथा कर्मचारीको उपचार गरिएको जनाएको छ । उपचारका लागि आएका घाइतेमध्ये केहीको टाउकोमा गम्भीर चोट लागेको देखिएको अस्पतालले जनाएको छ ।

    अन्यको शरीरका विभिन्न भागमा चोट लागेको र तिनीहरूको पनि उपचार भइरहेको अस्पतालले जनाएको छ ।


    सोमवार, मंसिर १२ २०७९०४:२७:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij