काठमाडौं ।सुकुम्वासी बस्ती हटाउन काठमाडौंको थापाथली पुगेको काठमाडौं महानगर प्रहरी र सुकुम्वासीबिच झडप भएको छ ।
बागमती किनारमा रहेको सुकुम्बासी बस्ती हटाउन डोजरसहित पुगेको महानगरको टोलीलाई स्थानीयहरुले घरेलुहतियारसहित प्रदर्शन उत्रिएलगत्तै आक्रमण गर्दा महानगरप्रहरी प्रमुख एसपी राजु पाण्डेसहित २५ जना नगर प्रहरी घाईते भएका छन् ।
एसपी पाण्डेको टाउकोमा चोट लागेको छ । भने अन्य प्रहरीहरु पनि घाइते रहेको प्रहरीले जनाएको छ । अहिले सो क्षेत्र तनावग्रस्त बनेको छ ।
स्थानीय सुकुम्वासीहरु हंसिया, लाठी, घुइँत्रो लगायतका घरेलु हतियार बोकेर उनीहरुले प्रदर्शनमा उत्रिएका थिए । अहिले उनिहरुले टायर बालेर प्रदर्शन गरिरहेका छन् ।
सो क्षेत्रमा सुरक्षाका लागि ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली पनि खटीएको छ ।आफूहरु बस्दै आएको ठाउँ नछाड्ने भन्दै उनीहरुले गृहमन्त्री तथा काठमाडौंका मेयर बालेन साहविरुद्ध चर्को नारावाजी गरिरहेका छन् ।