Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

मेलम्चीको खानेपानीको सुरुङमा पानी भर्न सुरु

मेलम्चीको खानेपानीको सुरुङमा पानी भर्न सुरु

  • सोमवार, मंसिर १२ २०७९

  • 294
    SHARES

  • मेलम्चीको खानेपानीको सुरुङमा पानी भर्न सुरु

    काठमाडौं । मेलम्ची खानेपानी परियोजनाले आजदेखि सुरुङमा पानी भर्न सुरु गरेको छ । खानेपानी विकास समितिले २६ किमि सुरुङ भर्न सिन्धुपाल्चोकको हेडवर्क्सबाट सुरुङमा पानी भर्न सुरु गरेको छ ।

    बाढीको जोखिम हुने भएपछि गत असारदेखि सुरुङको ढोका बन्द गरिएको थियो । गत महिनादेखि नै उपत्यकामा पानी ल्याउने गरी आवश्यक सुधार र तयारीको काम पनि अघि बढेको थियो ।

    आयोजनाको हेडवर्क्समा पुरिएका संरचना र आयोजनासम्म पुग्ने सडक बनाएर पानी पथान्तरण गरिएको हो ।गत वर्ष स्थायी संरचना बाढीले क्षतिग्रस्त भएपछि वर्षामा पानी ल्याउन रोकेर हिउँदमा मर्मत गरेर अस्थायी रुपमा पानी ल्याउनुपर्ने अवस्था छ ।

    २०७९ वैशाखमा पानी पुनःवितरण सुरु गरिएकामा गत असारदेखि रोकिएको थियो ।


    सोमवार, मंसिर १२ २०७९०१:१५:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij