Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

वीरगञ्जमा मोटरसाइकल दुर्घटना हुँदा १ को मृत्यु

वीरगञ्जमा मोटरसाइकल दुर्घटना हुँदा १ को मृत्यु

  • आइतवार, मंसिर ११ २०७९

  • 258
    SHARES

  • वीरगञ्जमा मोटरसाइकल दुर्घटना हुँदा १ को  मृत्यु

    काठमाडौं ।मोटरसाइकल दुर्घटना हुँदा वीरगञ्जमा एक युवकको मृत्यु भएको छ । वीरगञ्ज वडा नं।१४ नर्सिङ माविस्थित सडक खण्डमा वीरगञ्ज १२ मुर्लीका १९ वर्षीय साहिल हवारीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

    मधेश प्रदेश ०३–०२७ प ००९८ नम्बको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार साहिल र २० वर्षीय सरताज अन्सारी घाइते भएका थिए ।

    उनीहरुको उद्दार गरी वीरगञ्जकै स्पर्स मल्टी पर्पस हस्पटिलमा उपचारका लागि लगिएको थियो । उपचारकै क्रममा मोटरसाईकल चालक सहिलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।

    शव पोष्टमार्टमका लागि नारायणी अस्पताल वीरगञ्जमा पठाइएको प्रहरीले जनाएको छ ।


    आइतवार, मंसिर ११ २०७९०२:४९:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij