Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

४७ ठेकेदार कम्पनी कालो सूचीमा, पप्पु फुकुवा

४७ ठेकेदार कम्पनी कालो सूचीमा, पप्पु फुकुवा

  • मंगलवार, भाद्र २३ २०७७

  • 1.5K
    SHARES

  • ४७ ठेकेदार कम्पनी कालो सूचीमा, पप्पु फुकुवा

    काठमाडौं । सरकारले ४७ ठेकेदार कम्पनीलाई कालो सूचीमा राखेको छ । आर्थिक वर्ष ०७६–७७ भरी एक वर्षको अवधिमा सरकारले ५४ वटा ठेक्कासँग सम्बद्ध ४७ ठेकेदार कम्पनीलाई कालो सूचीमा राखेको हो ।

    प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले सार्वजनिक खरिदमा सहभागि भएर सम्झांैताअनुसार काम नगरेका कम्पनीलाई कामको गाम्भीर्यताका आधारमा १ वर्ष ३ वर्षसम्मका लागि कालो सूचीमा राखेको हो ।

    कार्यालयले सार्वजनिक खरिद ऐन ०६३ को दफा ६२ प्रतिकुल हुनेगरी कार्य गरेका कारण ती कम्पनीहरुलाई कालो सूचीमा राखिएको उल्लेख गरेको छ । सार्वजिनक खरिद ऐन ०६३ को दफा ६२ मा बोलपत्रदाताले पालना गर्नुपर्ने आचरणसम्बन्धि व्यवस्था गरिएको छ ।

    एक वर्षको अवधिमा केही कम्पनी कालो सूचीबाट हटिसकेकोसमेत अनुगमन कायर्यालयले जानकारी दिएको छ । कार्यालयका अनुसार रमण पप्पु जेभीको केही दिनअघि मात्रै कालो सूची फुकुवा भएको छ ।


    मंगलवार, भाद्र २३ २०७७०४:४४:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij