काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ । सोमबार तोलाको ९६ हजार एक सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तीन सय घटेर ९५ हजार आठ सय कायम भएको छ ।
त्यस्तै, तेजावी सुन तोलामा ९५ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यसैगरी, चाँदीको मूल्य पनि घटेको छ । १० रुपैयाँले घटेर चाँदीको मूल्य १३ सय २० रुपैयाँ पुगेको छ ।