काठमाडौं । बाजुराको त्रिवेणी नगरपालिकामा–७ मा मंसिर ४ मा ज्यान गुमाएका चेतन ऐडीको ‘हत्या’ आरोपमा किटानी जाहेरी दर्ता भएको छ । ऐडीको हत्या आरोपमा २२ जनाविरुद्ध किटानी जाहेरी दर्ता गरिएको बाजुराका डीएसपी चतुर्भुज ओझाले जानकारी दिनुभयो ।
मतदान सकिएपछि कांग्रेसका कार्यकर्ताले घरमै गएर निर्घात कुटपिट गरेर उनको हत्या गरेको नेकपा एमालेका स्थायी समिति सदस्य कर्ण थापाले बताउनुभएको छ ।
अनेरास्ववियुका सचिवालय सदस्य चेतनको अछामस्थित बयलपाटा अस्पतालमा त्यहि राति मृत्यु भएको हो ।