Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

दुर्घटनामा परी सञ्चारकर्मी महावीर विश्वकर्माको निधन

दुर्घटनामा परी सञ्चारकर्मी महावीर विश्वकर्माको निधन

  • मंगलवार, मंसिर ६ २०७९

  • 1.5K
    SHARES

  • दुर्घटनामा परी सञ्चारकर्मी महावीर विश्वकर्माको निधन
    काठमाडौं । चर्चित रेडियो कार्यक्रम प्रस्तोता महावीर विश्वकर्माको निधन भएको छ । प्रहरीका अनुसार आज बिहान चितवनको राप्ती नगरपालिका–६ हर्दीचोकमा बिग्रेर रोकिराखेको ना२ख ८५२२ नम्बरको ट्रकसँग बा४ख ४१२ नम्बरको माइक्रो ठोक्किँदा सञ्चारकर्मी विश्वकर्माको निधन भएको हो ।
     
    उहाँको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । विश्वकर्माको रेडियो कार्यक्रम ‘बहकिने मन’ निकै चर्चित छ । 
     
    त्यस्तै, माइक्रोकोमा सवार चालकसहित ५ जना घाइते भएका छन् । उनीहरूको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । ट्रक चालक फरार रहेका छन् । उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
     
    प्रहरीकाअनुसार दुर्घटनामा चितवन राप्ती–५ का २१  वर्षीय आयुष तामाङ, सोही स्थानका हाइस चालक २६ वर्षीय शंकर चौधरी, २६ वर्षीय उज्वल मैनाली, ४६ वर्षीय जवारीलाल बिक र धादिङको रोराङ गाउँपालिका–५ २१ वर्षीय कुशल बिसुराल घाइते भएका छन् ।
     


    मंगलवार, मंसिर ६ २०७९०८:४३:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij