Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

ट्याङ्करको ठक्करबाट भक्तपुरमा एक बालकको ज्यान गयो

ट्याङ्करको ठक्करबाट भक्तपुरमा एक बालकको ज्यान गयो

  • शनिवार, मंसिर ३ २०७९

  • 505
    SHARES

  • ट्याङ्करको ठक्करबाट भक्तपुरमा एक बालकको ज्यान गयो

    काठमाडौं । भक्तपुरमा ट्याङ्करले ठक्कर दिँदा एक जना बालकको मृत्यु भएको छ ।

    भक्तपुर नगरपालिका २ ब्यासी कासन पुल नजिक ट्याङ्करले आज बिहान १० बजे ठक्कर दिँदा रामेछाप घर भएका ७ वर्षीय बालक बिवेश तामाङको मृत्यु भएको हो ।

    झौखेलबाट ब्यासीतर्फ आउँदै गरेको बा ५ ख ९१४२ नम्बरको ट्याङ्करले ठक्कर दिँदा सख्त घाइते भएका थिए। त्यसलगत्तै तामाङको भक्तपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

    प्रहरीले बालकलाई ठक्कर दिने ट्याङकरका चालक कमलबिनायकका सिताराम पक्का नेवारलाई नियन्त्रणमा लिएको छ। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


    शनिवार, मंसिर ३ २०७९१२:२१:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij