Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

१५ लाखले रक्सी पनि खुवाउन पुग्दैन भन्ने अभिव्यक्ति दिएपछि मनाङेलाई २५ हजार जरिवाना

१५ लाखले रक्सी पनि खुवाउन पुग्दैन भन्ने अभिव्यक्ति दिएपछि मनाङेलाई २५ हजार जरिवाना

  • शुक्रवार, मंसिर २ २०७९

  • 692
    SHARES

  • १५ लाखले रक्सी पनि खुवाउन पुग्दैन भन्ने अभिव्यक्ति दिएपछि मनाङेलाई २५ हजार जरिवाना

    काठमाडौं । निर्वाचन आयोगले राजीव गुरुङ (दीपक मनाङे) लाई २५ हजार जरिवाना तिराउने भएको छ ।

    चुनावमा जाँदा १५ लाखले रक्सी पनि खुवाउन पुग्दैन भनेर अभिव्यक्ति दिएपछि मनाङेलाई आयोगले जरिवाना तिराउने निर्णय गरेको आयोगका सहायक प्रवक्ता गुरुप्रसाद वाग्लेले बताए ।

    मनोनयन दर्ताको समयमा यस्तो अभिव्यक्ति दिएपछि आयोगले मनाङेलाई कात्तिक १४ गते स्पष्टीकरण सोधेको थियो ।

    मनाङ प्रदेश सभा ‘ख’ बाट निर्विरोध निर्वाचित भइसकेका छन् । यद्यपि निर्वाचन आयोगले आधिकारिक घोषणा गर्न बाँकी रहेको छ ।


    शुक्रवार, मंसिर २ २०७९०४:२६:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij