Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

डोटीमा निर्वाचन सामाग्री बोकेको जिप दुर्घटना हुँदा मतदान अधिकृत घाईते

डोटीमा निर्वाचन सामाग्री बोकेको जिप दुर्घटना हुँदा मतदान अधिकृत घाईते

  • बिहिवार, मंसिर १ २०७९

  • 414
    SHARES

  • डोटीमा निर्वाचन सामाग्री बोकेको जिप दुर्घटना हुँदा मतदान अधिकृत घाईते

    काठमाडौं। डोटीमा निर्वाचन सामाग्री बोकिरहेको जिप बिहीबार डोटीमा दुर्घटना पर्दा मतदान अधिकृत भएका छन् ।

    डोटीको बडीकेदार गाउँपालिका ५ अत्तरकाँडामा जीप दुर्घटनामा पर्दा मतदान अधिकृत दिनेश सिं रैखोला घाइते भएका हुन् ।

    जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार सिलगढीबाट निर्वाचन सामाग्री र कर्मचारी बोकेर जिप बडिकेदार गाउँपालिका वडा नं ५ मार्कोट स्थित मतदान केन्द्र गइरहेका बेला ब्रेकफेल भएपछि दुर्घटना भएको हो ।

    सो जिपमा कर्मचारी, सुरक्षाकर्मी लगायत ११ जनाको टोली सवार रहेको थियो । घाईते मतदान अधिकृत रैखलाको अवस्था सामान्य रहेको छ ।


    बिहिवार, मंसिर १ २०७९०३:०१:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij