काठमाडौं । ट्राफिक व्यवस्थापनका लागी काठमाडौं महानगरपालिकाले नगर प्रहरी खटाउन सुरु गरेको छ ।
उपत्यकामा बढ्दो सवारी चापलाई व्यवस्थापन गर्न महानगरपालिकाले ट्राफिक जाम बढी हुने समय बिहान ९ बजेदेखि ११ बजेसम्म र बेलुका ३ बजेदेखि ५ बजेसम्म मुख्य चोकहरुमा नगर प्रहरी खटाउन थालेको हो।
नगर प्रहरी बलका प्रमुख नगरप्रहरी उपरीक्षक राजु पाण्डेका अनुसार सवारी साधनको चाप धेरै भएको क्षेत्रमा ट्राफिक प्रहरीसँगै २ जना नगर प्रहरी खटाउन थालिएको छ ।
हिजोदेखी कोटेश्वर, बानेश्वर, गौशाला, जमल, रत्नपार्क, महाराजगञ्ज, कालीमाटी र कलंकीलगायतका स्थानमा नगरप्रहरी परिचालन गरिएको छ।