Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

आज रातिदेखि अन्तर्राष्ट्रिय सीमानाका बन्द हुने

आज रातिदेखि अन्तर्राष्ट्रिय सीमानाका बन्द हुने

  • बिहिवार, मंसिर १ २०७९

  • 407
    SHARES

  • आज रातिदेखि अन्तर्राष्ट्रिय सीमानाका बन्द हुने

    काठमाडौं । आज मध्यरातिदेखि छिमेकी मुलुक भारत र चीनसँगको अन्तर्राष्ट्रिय सीमानाका बन्द हुने भएको छ । आउँदो आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सरकारले ७२ घण्टाअघिदेखि सबै नाका बन्द गर्ने निर्णय गरेको हो ।

    आज राति १२ बजेदेखि आइतबार मतदान नसकिएसम्म नाका बन्द गर्न सरकारले समन्वय गरेको छ । अत्यावश्यक अवस्थाबाहेकमा आवतजावत बन्द हुनेछ ।

    नेपाल र भारतबीच खुला सीमानाका रहे पनि चीनसँग भने निश्चित नाका मात्र खुला छ । तर, चुनाव अवधिभर सबै नाका बन्द रहने गृह मन्त्रालयले जनाएको छ ।

    निर्वाचनलाई स्वच्छ, पारदर्शी, स्वतन्त्र, मर्यादित र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि नाका बन्द गर्न लागिएको सीमावर्ती जिल्लाका प्रशासन कार्यालयले जानकारी दिएका छन् ।


    बिहिवार, मंसिर १ २०७९०९:५२:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij