Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

भोलि मध्यरातिदेखि भारतसँगका सबै नाका बन्द हुने

भोलि मध्यरातिदेखि भारतसँगका सबै नाका बन्द हुने

  • बुधवार, कार्तिक ३० २०७९

  • 402
    SHARES

  • भोलि मध्यरातिदेखि भारतसँगका सबै नाका बन्द हुने

    काठमाडौं। निर्वाचन सुरक्षालाई लक्षित गरी मंसिर १ गते भोलि मध्यरातिदेखि भारतसँगका सबै नाका बन्द हुने भएको छ ।

    भोलि राति १२ बजेदेखि ४ मंसिर आइतबार निर्वाचनको दिन बेलुकासम्म नाका बन्द गर्न सरकारले भारतीय अधिकारीसँग समेत समन्वय गरेको छ ।

    चुनावको वेला नाका बन्द गर्न भारतीय पक्षलाई आग्रह भइसकेको गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले बताए । निर्वाचनको ७२ घन्टाअघि नाका बन्द हुने, तर अत्यावश्यक अवस्थामा भने आवातजावत गर्न पाइनेछ ।

    त्यस्तै, निर्वाचनका लागि सरकारले दुई दिन सार्वजनिक बिदा दिने निणर्य गरेको छ । मतदानको दिन ४ मंसिर र भोलिपल्ट सार्वजनिक बिदा दिने निणर्य भएको हो ।

    मतदानको दिन कर्मचारी अबेरसम्म खटिनुपर्ने र भोलिपल्टै कार्यालय गएर काम गर्न कठिन हुने भएकाले ५ गते पनि बिदा दिने निणर्य गरिएको उहाँले बताउनुभयो ।

    निर्वाचनको अघिल्लो दिन ३ मंसिरमा शनिबार परेकाले सार्वजनिक बिदा छ । मतदानस्थल रहेका विद्यालयमा भने २ देखि ५ मंसिरसम्म बिदा दिने निणर्य गरिएको छ । अधिकांश मतदानस्थल विद्यालयमा छन ।

     


    बुधवार, कार्तिक ३० २०७९०१:४०:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij