Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

देशमा पश्चिमी वायुको सामान्य प्रभाव, कस्तो रहला दिनभरको मौसम ?

देशमा पश्चिमी वायुको सामान्य प्रभाव, कस्तो रहला दिनभरको मौसम ?

  • बुधवार, कार्तिक ३० २०७९

  • 358
    SHARES

  • देशमा पश्चिमी वायुको सामान्य प्रभाव, कस्तो रहला दिनभरको मौसम ?

    काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हल्का हिमपातको सम्भावना रहेको रहेकोले पर्वतारोहण र पद यात्रा गर्दा सतर्कता अपनाउन अनुरोध गरेको छ। साथै तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन महाशाखाको अनुरोध छ।

    बुधबार प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका हिमाली भू-भागका एक वा दुई स्थान हल्का हिमपातको सम्भावना रहेको छ।


    बिहीबार पनि प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

     


    बुधवार, कार्तिक ३० २०७९०६:५०:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij