Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

निर्वाचनका लागि २ दिन सार्वजनिक बिदा

निर्वाचनका लागि २ दिन सार्वजनिक बिदा

  • मंगलवार, कार्तिक २९ २०७९

  • 501
    SHARES

  • निर्वाचनका लागि २ दिन सार्वजनिक बिदा

    काठमाडौं। सरकारले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर दुई दिन सार्वजनिक बिदा दिएको छ ।

    आज गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै ४ र ५ मंसिरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।विद्यालयलाई भने दुई गतेदेखि नै विदा दिइने सूचनामा उल्लेख गरिएको छ।

    गृह मन्त्रालयलका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जारी गरेको विज्ञप्तिमा २ मंसिरदेखि ५ मंसिरसम्म विद्यालय बिदा दिने निर्णय भएको उल्लेख छ ।

    केही दिनअघि निर्वाचन आयोगले तीन दिन बिदा दिन मन्त्रिपरिषदमा गरेको सिफारिस अनुसार सरकारले निर्णय गरेको हो।

    गत बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा भने मतदानको दिन मात्रै बिदा दिइएको थियो ।

    313779199_1468132397002544_3960938639480992164_n.jpg


    मंगलवार, कार्तिक २९ २०७९०१:५४:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij