Aug 11 2026 | २०८३, श्रावण २६ गते

२०८३, श्रावण २६ गते
  • यो साता चर्चामा :
images

नुवाकोटमा आमाछोरीको हत्या, घटनामा संलग्न आरोपमा एक जना पक्राउ

नुवाकोटमा आमाछोरीको हत्या, घटनामा संलग्न आरोपमा एक जना पक्राउ

  • मंगलवार, कार्तिक २९ २०७९

  • 296
    SHARES

  • नुवाकोटमा आमाछोरीको हत्या, घटनामा संलग्न आरोपमा एक जना पक्राउ

    काठमाडौं । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–५ बालकुमारीको भङ्गेरीमा आमाछोरीको हत्या भएको छ । दुप्चेश्वरकी २० वर्षीया सम्झना पाण्डे खतिवडा र उहाँकी तीन वर्षीया छोरी कृष्टिना खतिवडाको हिजो बेलुका धारिलो हतियार प्रयोग गरी हत्या भएको हो ।

    घटनामा संलग्न रहेको आरोपमा प्रहरीले आज बिहान एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्यही ठाउँका २१ वर्षका पुष्कल भनिने सोनम तामाङ रहेका जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिनुभयो ।

    उहाँका अनुसार ती व्यक्ति घरेलु हतियारसहित सम्झनाको घरतर्फ गएको, घटनास्थलमा उनले बोकेको घरेलु हतियार र उनको चप्पल भेटिएको छ ।

    घटनालगत्तै उनी फरार रहेको पाएपछि काठमाण्डौतर्फ जान लागेको समयमा आज बिहान पक्राउ गरिएको हो ।

    धारिलो हतियार प्रयोग गरेर घाँटीसहित शरीरको विभिन्न अङ्गमा गहिरो चोट पुर्याएर उनीहरूको हत्या गरेको अवस्थामा घरको आँगनमा आमा र पिँढीमा छोरीको शव भेटिएको थियो ।


    मंगलवार, कार्तिक २९ २०७९०८:१०:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij